२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेस महासमितिको समापनमा शीर्ष तहका सबै नेताले धारणा राख्ने

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसको समापन समारोहमा पदाधिकारी, पूर्व पदाधिकारी र प्रदेश सभापतिहरुले धारणा राख्ने भएका छन् ।

शीर्ष नेताको बैठकले समापन समारोहमा बोल्न व्यक्तिहरुको निर्णय लिएको हो । ‘पदाधिकारी, पूर्व पदाधिकारी र प्रदेश सभापतिहरुले समापनमा धारणा राख्नुहुन्छ,’ प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने ।

वक्ताका लागि पाँच मिनेट समय तय गरिएको विश्वकर्माले जानकारी गराए । समापन कार्यक्रम २ बजेबाट सुरु गर्ने गरी तयारी भइरहेको उनले बताए ।

सोमबार सुरु भएको उद्धघाट्नमा पदाधिकारीबाट तीन जना मात्रै बोलेका थिए । सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ र सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले विचार राखेका थिए ।

चारदिनका लागि तय भएको महासमिति बैठक आज सकिँदैछ । महासमिति बैठकमा प्रस्तुत भएका प्रतिवेदन माथि बुधबार र विहीबार प्रतिनिधिहरुसँग सुझाव लिइएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि