२९ आश्विन २०८२, बुधबार
बागमती राजनीति समाचार

महाधिवेशन तयारीको लागि भोलि जसपाको कार्यकारिणी बैठक बस्दै

९ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय महाधिवेशन तयारीको लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको छ ।

बैठक भोलि बिहिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्दैछ । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा निर्णय गर्न बैठक बोलाइएको हो ।

विशेषगरी आगामी जेष्ठ २८, २९ र ३० गतेलाई आह्वान गरिएको जसपाको राष्ट्रिय महाधिवेशन तयारीको लागि कार्यकारिणी बैठक बोलाइएको हो ।

महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरुको मस्यौदा तयार गर्न, मस्यौदा समिति गठन गर्न, महाधिवेशनको व्यवस्थापन तयारी समिति बनाउने लगायत पार्टीको अन्य आन्तरिक छलफलको लागि बैठक बोलाइएको हो ।

यसका साथै बैठकमा केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा छलफल हुने बताइएको छ । गत पुष २७ गते सम्पन्न केन्द्रीय समितिको बैठकले जनकपुरमा जसपाको राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि