२१ फाल्गुन २०८२, बिहीबार
राजनीति समाचार समाज

महामन्त्री थापाको प्रतिवेदनमा अझै जुटेन सहमति, सभापति देउवासँग छलफल गर्दै

७ फागुन, काठमाडौं । महासमिति बैठकका लागि महामन्त्री गगन थापाले तयार गरेको सांगठनिक प्रतिवेदनमा अझै सहमति जुट्न सकेको छैन ।

महान्त्री थापाले तयार गरेको प्रतिवेदनमा भविष्यमा हुने आवधिक निर्वाचनअघि नै गठबन्धन नगर्ने संकल्प गर्नु पर्ने उल्लेख छ । उक्त प्रस्तावलाई हटाउनु पर्ने कांग्रेसको संस्थापन पक्षको माग छ ।

पार्टी सभापति शेरबहादुर देउवाले नै असन्तुष्टि जनाएपछि प्रतिवेदनको टुंगो नलागेको हो ।

सभापति देउवाले असहमति जनाएपछि महामन्त्री थापाले शनिबार साँझ र आइतबार छलफल गरेका थिए तर सहमति हुन सकेन ।

महामन्त्री थापा आज फेरि सभापति देउवा निवास बूढानीलकण्ठमा छलफलका लागि पुगेका छन् ।

सभापति देउवाले उक्त प्रस्ताव हटाउन चाहेका छन् भने महामन्त्री थापाले नहटाउने अडानमा हुँदा प्रतिवेदनमा सहमति जुट्न सकेको छैन ।

कांग्रेसको महासमितिको बैठक आजदेखि नै सुरु हुँदैछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि