२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

खाजा पसलमा वेश्यावृति गराएको आरोपमा दुई पक्राउ

६ फागुन, काठमाडौं । खाजा पसलमा वेश्यावृति गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं–४, धुम्बाराहीकी ४० वर्षीया सीताकुमारी खत्री र कागेश्वरी मनोहरा–८ का २८ वर्षीय नैनराज कठेत छन् ।

खत्री धुम्बाराहीमा राई किराना पसलसागै नाम नराखी खाजा घर सञ्चालन गर्दै आएकी थिइन् । त्यहाँ विभिन्न महिलाहरुलाई परिबन्धमा पारेर बेश्यावृत्ति गराएको आरोपमा उनलाई प्रहरी वृत्त, महाराजगञ्जले पक्राउ गरेको हो ।

दुवैलाई जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएर थप अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि