२९ फाल्गुन २०८२, शुक्रबार
समाचार समाज

त्रिभुवन विमानस्थल अध्यागमनमा लाइन बस्न नपर्ने बनाउन राज्य व्यवस्था समितिको निर्देशन

२८ माघ, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले त्रिभुवन विमानस्थलको अध्यागमनमा लाइन बस्न नपर्ने गरी सेवा दिन निर्देशन दिएको छ ।

आइतबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्त कुँवर, अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङसँग छलफलपछि समितिले कर्मचारी थपेर भए पनि विमानस्थलमा लाइन बस्न नपर्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

निर्देशन सुनाउँदै सभापति रामहरि खतिवडाले भने, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरी जनशक्ति थप गरी बाहिरबाट आउँदा भीड नहुने गरी सहजता दिन पहल गर्न निर्देशन दिने ।’

समितिले मानव तस्करी नियन्त्रण गर्न, भिजिट भिसामा देखिएका समस्या समाधान गर्न, भिक्षुहरुलाई श्रम भिसा दिनु भन्दा आवश्ययक ऐन नियम परिमार्जन गरी उपयुक्त भिसा दिन पनि निर्देशन दिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि