२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

विदेश गएका छोराछोरी आउँदैनन्, अब भ्रष्टाचार गर्न पर्दैन : चित्रबहादुर केसी

२४ माघ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले नेपालमा केही हुन्न भनेर धेरैका छोराछोरी विदेश गएको बताएका छन् । उनले विदेश गएका छोराछोरी नफर्किने भन्दै अब यहाँ घुसखोरी र भ्रष्टाचार गर्न आवश्यक नभएको टिप्पणी गरे ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै उनले भने, ‘सबका सब छोराछोरी विदेशमा, तपाई हाम्रा छोराछोरी कोही अमेरिका क्यानडा, अष्ट्रेलिया । हामीले घुस खान, भ्रष्टाचार गर्न किन पर्दैन भने हामीले त्यता पठाएका छोराछोरी यहाँ आउँदैनन् । स्वास्नी छोराछोरीका लागि हो भ्रष्टाचार गर्ने, घुस खाने त्यसमा हामी सबैलाई सजिलो भएको छ ।’

सांसदहरु नीति निर्माणको काम छाडेर विकास निर्माणको एजेन्ट भएको भन्दै केसीले आफू आज मात्र भौतिक पूर्वाधार मन्त्रालयमा मन्त्री र कर्मचारी भेटेर आएको बताए ।

संविधान निर्माण गर्दा प्रदेश संरचना नराख्न आफूहरुले गरेको प्रयास असफल भएको भन्दै केसीले अहिले संघीयताकै पक्षधरलाई पनि प्रदेश संरचना घाणो भएको टिप्पणी गरे । ‘राजनीतिक दलका नेता कार्यकर्ता थन्क्याउने ठाउँ त भएको छ, तर मुलुक संकटमा गरको छ’ उनले भने ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि