२३ बैशाख २०८३, बुधबार
मुख्‍य समाचार

सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर पक्राउ

१८ माघ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सीजी चाँदबाग कम्पनीको नाममा सारेर हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि ठाकुरलाई पक्राउ गरेको सीआईबीकी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन् ।

सीआईबीले यो प्रकरणमा सीजी चाँदबाग कम्पनीका सञ्चालक अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ ।

चौधरी र थापालाई बिहीबार नै हिरासतमा राख्ने अनुमति लिन जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको