२८ फाल्गुन २०८२, बिहीबार
समाचार समाज

सुन समितिले गर्‍यो सीआईबीका प्रमुख र अनुसन्धान अधिकृतसँग सोधपुछ

१७ माघ, काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यसँग सोधपुछ गरेको छ ।

६१ किलो सुन तस्करी प्रकरणमा मुछिएका एक आरोपी प्रहरी कार्यालयमा पुगेर पनि छुटेको सन्दर्भमा उनीसँग सोधपुछ गरेको सुन समितिका एक सदस्यले बताए । त्यसक्रममा बज्राचार्यले ‘त्यो विषयमा’ आफूलाई थाहा नभएको जवाफ दिएको समितिका सदस्यले बताए ।

समितिले सुन प्रकरणको अनुसन्धान अधिकृत डीएसपी दुर्गाराज दाहालसँग पनि सोधपुछ गरेको छ । ‘भेपमा लुकाएर तस्करी भएको ९ किलो सुनको सन्दर्भमा रहेर उनीसँग कुरा भएको हो’, समितिका एक सदस्यले भने, ‘पछिल्लो सुन प्रकरणबारे पनि कुरा भएको छ ।’

सरकारले सुनतस्करीबारे छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा छानबिन समिति बनाएको थियो । तीन महिनाको समय सीमा सकिएपछि फेरि थप भएको अवधिमा आयोगले सुन प्रकरणसँग सम्बन्धित अन्य व्यक्तिहरुसँग बयान लिइरहेको छ ।

समिति स्रोतका अनुसार, केहीअघि सहसचिव झलकराम अधिकारीको पनि बयान लिइएको छ । सुन तस्करी प्रकरणमा जोडिएका दावा छिरिङसँग भएको संवादको विषयलाई लिएर उनीसँग सोधपुछ भएको हो ।

अध्यागमन विभागमा महानिर्देशक रहेका बेला दावासँग उनको कुराकानी भएको विवरण सार्वजनिक भएका बेला मन्त्रालयले उनको जिम्मेवारी खोसेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि