२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

टुँडीखेलमा हुने माघी महोत्सवका लागि स्टल बुकिङ खुल्ला

२४ पुस, काठमाडौँ । काठमाडौँको टुँडिखेलमा थारू राष्ट्रिय माघी महोत्सवको लागि स्टल बुकिङ खुल्ला भएको छ ।

पुस २९ र माघ १ गते हुने माघी महोत्सवका लागि स्टल खुल्ला भएको माघी महोत्सवका स्टल संयोजक चन्द्रप्रकाश चौधरीले बताए ।

उनका अनुसार महोत्सवमा स्टल राख्नका लागि हालसम्म ४० वटा बुक भइसकेको छ भने थप स्टलहरू पुस २७ गतेसम्म बुकिङका लागि खुल्ला रहनेछ ।

महोत्सवमा थारु खानपीन, हस्तकला, पुस्तक प्रर्दशनीका करिब १०० वटा स्टलहरु रहने उनले जानकारी दिए । जसमा थारु जातिले माघी पर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, खिचरी, तिलको लड्डु, लाईमुरही, भुजा, अन्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुँगुर/बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा (मसुलार), आलू सिन्की, बयरको चटनी, बरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेलपौर रोटी, झझ्रा रोटी लगायतका परिकार पाउनेछन् ।

थारुहरुको मातृसंस्था थारु कल्याणकारिणी सभाले अगुवाइ गरेर काठामाडौंमा विगत २० वर्षदेखि माघी पर्वलाई महोत्सवको रुपमा मनाउँदै आएको छ । जसमा थारू विद्यार्थी समाज, थारू महिला समाज, थारू पत्रकार संघ. थारू सांस्कृतिक संघलगायतका २० बढी सामाजिक संस्थाहरूले संयुक्त रुपमा साथ दिँदै आएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि