२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रिय सभाको सिटमा सत्ता गठबन्धनको बाँडफाँट : समाजवादीले २ सिटमै चित्त बुझायो

२२ पुस, काठमाडौं । सत्ता गठबन्धनका दलहरुले राष्ट्रिय सभाका १९ सिटमा भागबण्डा टुंगो लगाएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएको हो ।

बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले दिएको जानकारी अनुसार नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट जसपाले लिने गरी टुंगो लागेको छ ।

गत शनिबार राति अबेरसम्म बसेको गठबन्धनको बैठकमा पनि यसैगरी सिट बाँडफाँट गर्ने छलफल भएको थियो । तर एकीकृत समाजवादीले तीन सिटमा दाबी गरेपछि आज बिहान पुनः गठबन्धनको बैठक बसेको थियो ।

बैठकपछि नेता लेखकले सरकारमा रहेका र सरकारलाई समर्थन गर्ने दलहरुले संयुक्त रुपले उम्मेदवारी दिने नेता बताए ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘क्लस्टरहरु पनि धेरै ठाउँमा टुंगो लागिसकेको छ । एक/दुई ठाउँका बारेमा आ-आफ्नो पार्टीमा बसेर टुंगो लगाउँछौं ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि