१७ मंसिर २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

काठमाडौंको तापक्रम ३.५ डिग्रीमा झर्‍यो, जाडो बढ्यो

२० पुस, काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज ३.५ डिग्री सेल्सियसमा झरेको छ । हिजोको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस थियो । पौने ९ बजे झन् घटेर ३.५ डिग्री सेल्सियस मापन भएको र यो यस सिजनको अहिलेसम्मको सबैभन्दा कम तापक्रम भएको झाले बताए ।

न्यूनतम तापक्रम घटेकाले आज काठमाडौंमा अन्य दिनको तुलनामा जाडो पनि धेरै महसुस भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात तथा तराई मधेशमा हुस्सु कुहिरो लागिरहेको छ ।

पश्चिमी वायुको प्रभावले केही बदली पनि भइरहेको छ । यसले कुहिरो हटाउन मद्दत गर्ने भए पनि तत्काल पानी पर्ने सम्भावना भने नरहेको मौसमविदहरुले बताएका छन् ।

‘पश्चिमी वायुको प्रभावले बदली भइ कुहिरो हटाउन सहयोग गरेको छ तर आगामी एक हप्तासम्म नेपालमा वर्षाको सम्भावना छैन,’ मौसमविद विनोद पोखरेलले सामाजिक सन्जाल एक्समा लेखेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि