२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

विद्यार्थीले गरे त्रिवि प्रिन्सिपल कार्यालय तोडफोड

१९ पुस, काठमाडौं । विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको प्रिन्सिपल कार्यालय तोडफोड गरेका छन् ।

माघ पहिलो सातादेखि हुन लागेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८० को लागि सिफारिस गरिएको खेलाडीको नामावलीको विषयलाई लिएर तोडफोड गरेका हुन् ।

प्रिन्सिपल कार्यालयले बुधबार प्रतियोगितामा सहभागी हुने १८ जना खेलाडी, एक जना मेनेजर, दुई जना प्रशिक्षकको नामावली बागमति प्रदेश क्रिकेट संघलाई सिफारिस गरेको थियो । सोही सिफारिसमा आपत्ति जनाउँदै विद्यार्थीले तोडफोड गरेका छन् ।

विद्यार्थीहरुले प्रिन्सिपल ध्यानेन्द्र बहादुर राईको कार्यकक्षमा भएको कागजात छरपस्ट बनाउनुको साथै टेबलको सिसा फुटाएका छन् ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि