१४ कार्तिक २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रिय सभा सदस्यको भागबन्डा गर्न आज पनि कांग्रेस-माओवादी छलफलमा

१८ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली कांग्रेस र माओवादीले आज पनि छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुईपक्षीय छलफल भइरहेको छ । मंगलबार पनि दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो ।

यसअघिको छलफलमा भागबन्डाको टुंगो नलागेपछि नेताहरू आज पनि छलफलमा जुटेका हुन् ।आजको बैठकमा पनि शीर्ष नेताहरू सहभागी छन् ।

निर्वाचन आयोगले २३ पुसका लागि उम्मेदवारी दर्ता तोकेको छ । मतदान भने ११ माघमा हुनेछ ।

१९ सिटका लागि निर्वाचन हुन लागेको हो । हालको गठबन्धन अनुसार चुनाव भएको खण्डमा १९ सिटमा एमाले शून्य हुनसक्ने अवस्था छ ।

यसपछि ५९ सदस्यीय राष्ट्रियसभामा एमाले ९ सांसदमा खुम्चिन्छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि