११ मंसिर २०८२, बिहीबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

जापानमा भूकम्पबाट मर्ने संख्या ४८ पुग्‍यो

१७ पुस, टोकियो। जापानको इशिखावा प्रिफेक्चरमा सोमबार साँझ गएको ७.६ म्याग्निच्युटको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार इशिखावा प्रिफेक्चरको सुजु शहरमा २० जना, वाजिमा शहरमा १९ जना, नानाओ शहरमा ५ जना, अनामिजु शहरमा २ जना, हाकुई शहर र शिगा शहरमा १⁄१ जना गरी ४८ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

भूकम्पका कारण हिजोदेखि बन्द भएका द्रूत गतिका रेल सेवा भने आजबाट सञ्चालनमा आएका छन् । इशिखावा प्रिफेक्चरमा आज विहान पनि ५.६ म्याङ्गेच्युटको अर्को भूकम्प गएको थियो । भुकम्प, आगलागी र सुनामीका कारण घाइते भएकाहरुको उद्धार र उपचार भइरहेकाले घाइतेको संख्या एकिन भएको छैन ।

यसैबीच, भूकम्प प्रभावित क्षेत्रहरुमा रहेका नेपालीहरुका बारेमा सूचना संकलन भइरहेको एनआरएनए जापानले जनाएको छ ।

‘हामी त्यस क्षेत्रमा रहेका नेपालीहरुको पछिल्लो अवस्था बुझ्ने प्रयास गरिरहेका छौं’ गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष नविन निउरेले भने ‘अहिले सम्मको सूचना अनुसार सबै नेपाली सुरक्षित रहेको भन्ने छ ।’

यसैबीच नेपाली दुतावास टोकियोले एक बिज्ञप्ति जारी गर्दै इशिखावा प्रिफेक्चरमा भूकम्पले ठूलो क्षती पुर्याएको भन्दै सर्तक रहन त्यस क्षेत्रमा रहेका नेपालीलाई आग्रह गरेको छ ।

आज जारी गरिएको विज्ञप्तिमा दूतावासले जापान सरकारले जारी गरेका सूचनालाई पालना गर्दै आफ्ना गतिबिधि गर्न नेपाली नागरिकलाई आग्रह गरेको छ ।

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण