२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

बुटवलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

१७ पुस, बुटवल । बुटवलमा बसको ठक्करबाट मंगलबार साइकल यात्रीको मृत्यु भएको छ ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नम्बरको बसले मिलनचोकमा ठक्कर दिँदा साइकलयात्री अन्दाजी ४० वर्षका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बसले ठक्कर दिएपछि बसको चक्कामुनि परेका साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको हो ।

 

मृतकको पहिचान खुल्न बांकी रहेको र शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि