२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

प्रहरी महानिरीक्षक कुँवरले भने : मन्त्री नआएको भए बालकुमारी घटना हुने थिएन

१६ पुस, काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बालकुमारीको बाटो हुँदै यात्रा गर्दा प्रदर्शनकारी उग्र बनेको र दुई जनाको ज्यान जाने गरी घटना भएको बताएका छन् ।

बालकुमारीमा मन्त्रीको गाडी नगएको भए त्यो हदसम्मको घटना नहुने उनको भनाइ छ । राज्य व्यवस्था समितिको बैठकमा बालकुमारी घटनाबारे जानकारी दिँदै महानिरीक्षक कुँवरले सो कुरा बताएका हुन् ।

बालकुमारीमा गोली चलेको तर कतिबेला चलेको भन्ने एकिन नभएको उनले बताए ।

ईपीएस भाषा परीक्षार्थीहरुले गरेको प्रदर्शनमा पुस १३ गते बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो । सोही घटनामा दुई जना प्रदर्शनकारीको मृत्यु भएको थियो । एक जनाको प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।

अर्को एक जना मृतकको छातीमा बन्दुकको कुन्दाले हानेको जस्तो देखिने डाम थियो ।

घटनाबारे संसदीय समितिलाई जानकारी गराउँदै महानिरीक्षक कुँवरले भने, ‘मन्त्रीको गाडी नआएको भए यस्तो घटना हुने थिएन ।’ मन्त्रीलाई सुरक्षित राख्न बल प्रयोग गर्नुपरेको उनले बताए ।

उनका अनुसार तीन हजार युवा प्रदर्शनमा उत्रिएका थिए । उनीहरुसँगको झडपमा परी ८ जना प्रहरी घाइते भएको उनले बताए । रबरको गोली, हवाई फायर र अश्रुग्याँस प्रहार गरेको उनले बताए ।

प्रदर्शन रोक्ने क्रममा साढे ११ बजे सामान्य बल प्रयोग भएको, ११:५२ मा मन्त्री ज्वाला चढेको गाडी कोटेश्वरतर्फ जाँदै गर्दा बालकुमारीमा आइपुगेको र त्यो बेलामा पीएसओले फिल्डमा रहेका प्रहरीहरुसँग समन्वय नगरेको महानिरीक्षक कुँवरले बताए । ११:५४ मा हातपात हुने अवस्था आएपछि पीएसओले मन्त्रीलाई सुरक्षित स्थानमा लगेको र १२ बजे मन्त्रीको गाडीमा आगजनी भएको उनले सुनाए ।

कम बल प्रयोग गरेर जाने नीति अनुसार प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको उनको भनाइ छ । यद्यपि काम गर्ने क्रममा सञ्चार सेट लगायतका साधन स्रोतको कमी भएको उनले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि