१८ कार्तिक २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

फाखेल–फर्पिङ सडकखण्ड दुई महिना बन्द

१६ पुस, मकवानपुर। फाखेल–फर्पिङ सडकखण्ड दुई महिनाका लागि बन्द गरिएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानी, हुमाने, फाखेल सडक र हुमाने मातातीर्थ हुँदै काठमाडौँको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गरिने भएकाले सवारीसाधन सञ्चालन बन्द गरिएको हो ।

‘आजदेखि आगामी फागुन १५ गतेसम्म फाखेल–फर्पिङ सडकखण्डमा सवारीसाधन आवागमन बन्द गरिएको छ”, इन्द्रसरोवर गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईले भने ।

वैकल्पिक यात्राका लागि हेटौँडा–भीमफेदी कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी दक्षिणकाली तथा कुलेखानीको कलङ्की हुँदै मार्खु र चित्लाङको बाटो हुँदै काठमाडौँको थानकोट पुग्ने सडक प्रयोग गर्न उनले आग्रह गरे ।

सूचना अधिकारी चापागाईका अनुसार वैकल्पिक यात्राका लागि काठमाडौँको चापागाउँ हुँदै कान्तिलोकपथबाट हेटौँडातर्फ आउने सडक प्रयोग गर्न सकिने छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि