२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

विदा दिन चलाएको भन्दै सभामुख सचिवालयको गाडीमा अवरोध

१५ पुस, काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताले सभामुख देवराज घिमिरेको सचिवालयको गाडी रोकेका छन् ।

पुरानो बानेश्वरमा सभामुख सचिवालयको ००२ झ ६६७१ नम्बरको गाडी वैद्यका कार्यकर्ताले रोकेका थिए । उक्त पार्टीका नेता दिपेन्द्रसिंह ऐरीले सार्वजनिक विदाको दिन गाडी चलाएकाले नियन्त्रणमा लिनु परेको बताएका छन् । सार्वजनिक विदाको दिन चलाउन त्यो गाडीसँग पास नभएकाले नियन्त्रणमा लिएर छोडेको सिंहले बताए ।

तर सभामुखका प्रेस सल्लाहकार चेतन अधिकारीले सभामुखकै कामका लागि मैतीदेवी पुगेर फर्किएको र उक्त गाडीसँग पास रहेको बताएका छन् । ‘आज बोक्न विर्सनु भएको रहेछ, तर सभामुखको काममा सार्वजनिक विदाको दिन चलाउने पास छ’, अधिकारीले भने ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि