५ मंसिर २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

बाक्लो हुस्सुले तराईका विमानस्थलमा उडान प्रभावित

१४ पुस, काठमाडौँ । प्रतिकूल मौसमका कारण भैरहवासहित तराईका चार विमानस्थलको उडान प्रभावित भएको छ ।

तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण ‘भिजिबिलिटी’ कमजोर हुदाँ त्यस क्षेत्रको हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता सुवास झाले बाक्लो हुस्सु/कुहिरोका कारण तराईका विमानस्थलहरु सिमरा, जनकपुर, भरतपुर र भैरहवाको उडान प्रभावित भएको हो । ती चार विमानस्थलमा आज पनि कुनै उडान भएनन् ।

भैरहवा विमानस्थलमा हिजो शुक्रबार पनि कुनै आन्तरिक उडान भएन । शुक्रबार नै प्रतिकूल मौसमका कारण धेरैजसो विमान कम्पनीले निर्धारित उडान रद्द गरेका थिए । विशेषगरी हिउँदमा तराईका विमानस्थलमा बाक्लो हुस्सु लाग्नाले आन्तरिक उडान प्रभावित हुने गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि