२१ फाल्गुन २०८२, बिहीबार
समाचार समाज

सम्पर्कमा नरहेका २१ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

११ पुस, काठमाडौं । नेपाल प्रहरीले गैरहाजिर भएका आफ्ना २१ जना कर्मचारीहरुलाई सात दिनभित्र लिखित स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गरी बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारणसहित कार्यालयमा हाजिर हुन भनेको हो । अन्यथा सेवाबाट हटाउने नेपाल प्रहरीले चेतावनी दिएको छ ।

आफूखुसी कार्यालयमा हाजिर नभएकाहरुमा पर्साका रम्भु राम, तेह्रथुमका सुदीप लिम्बु, ओखलढुंगाका विनोद बस्नेत, बर्दियाका प्रेम बहादुर चौधरी, मोरङका मुकेश कुमार मण्डल, दोलखाका रमेश पोखरेल, मकवानपुरका बुद्धबल तामाङ र काभ्रेका रुपक केसी छन् ।

यसैगरी दाङका राजु चौधरी र मायाराम चौधरी, सल्यानका धर्मराज वली, रुपन्देहीका मिलन भट्टराई, उदयपुरका निर्जन थापामगर, संखुवासभाका यलम्बर राई, रौतहटका महेश साह, बागलुङका राजेन्द्र परियार, दैलेखका लोकेन्द्रबहादुर थापा, जाजरकोटका टोपबहादुर सिंह, डोटीका लक्ष्मणबहादुर थापा, मोरङका रन्जित कुमार राम र जाजरकोटका टेकबहादुर खड्कामा पनि सम्पर्कमा नरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि