२१ फाल्गुन २०८२, बिहीबार
समाचार समाज

सरकारी कार्यालयमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका पारित

५ पुस, काठमाडौं । सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका स्वीकृत गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्देशिका पारित गरेको हो । यो निर्देशिकाले सरकारी कार्यालयहरुमा सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्ने एक मन्त्रीले जानकारी दिए ।

बिहीबारकै मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि कुल जनसंख्याको ०.५ प्रतिशत भन्दा कम जनसंख्या रहेका दलित बाहेक अल्पसंख्यक जनजातिलाई अल्पसंख्यकको रुपमा तोक्ने निर्णय पनि गरेको छ । राष्ट्रियसभामा अल्पसंख्यकबाट पनि प्रतिनिधि चयन हुने व्यवस्था छ ।

अल्पसंख्यक कुन कुन जातिलाई मान्ने भन्ने विषयमा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ ले व्यवस्था गरेको छ । सोही ऐनको व्यवस्था अनुसार राष्ट्रिय जनगणना २०७८ को कुल जनसंख्याको ०.५ प्रतिशत भन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजातिलाई अल्पसंख्यकको रुपमा तोकिएको हो । तर दलितहरु अल्पसंख्यकमा पर्ने छैनन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि