५ पुष २०८२, शनिबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति

कांग्रेसको मधेश प्रदेश सम्मेलन भोलि

४ पुस, जनकपुरधाम । नेपाली काँग्रेस मधेश प्रदेशको प्रथम सम्मेलन बिहीबार जनकपुरधाममा सुरु हुँदैछ । जनकपुरधामको तिरहुतियागाछीमा हुने प्रदेश सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए ।

सम्मेलनको उदघाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने छन् । उनीसँगै अरु शीर्ष नेता पनि सम्मेलनमा सहभागी हुन आउने उनले बताए ।

बुधबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सभापति यादवले बिहीबार उद्घाटन सत्र र शुक्रबार बन्द सत्र सञ्चालन हुने जानकारी दिए । उदघाटन सत्रमा मधेश प्रदेशको आठवटै जिल्लाबाट नेता कार्यकर्ता सहभागी हुनेछन् । बन्दसत्रमा भने ८२५ जना प्रदेश प्रतिनिधिले भाग लिने महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन बुधबार बसेको मधेश प्रदेश समितिको पूर्ण बैठकबाट पारित भएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।