२१ फाल्गुन २०८२, बिहीबार
समाचार समाज

काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचेको पाइए पसल बन्द गर्ने महानगरको चेतावनी

२७ मंसिर, काठमाडौं। काठमाडौं महानगरपालिकाले बिहीवारदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिवन्ध लगाएको छ ।

काठमाडौं महानगरपालिकाले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तिजन्य पदार्थ कच्चा सुर्ति,खैनि,गुट्टका,सुर्तिहरु प्रतिबन्ध गरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तिजन्य पदार्थ प्रतिवन्ध गरिएको बताए । उनले मंसिर २८ गतेपछि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल समेत बन्द गर्ने बताए ।

उनले पसलमा बेचेको पाइए दुई पटक सम्मलाई सामान जफत गरिने तर तेस्रो पटक पनि बेचेको पाए पसल नै बन्द गर्ने चेतावनी दिए ।

उनले अनुगमनको लागि महानगरपालिकाले सादा पोशाकमा १० जनाको टोलीमा नगर प्रहरीलाई खटाउने बताए । पहिलो चरणमा अनुगमनको लागि ५० जना नगरप्रहरी परिचालन गरिने उनको भनाइ थियो ।

उनले महानगरपालिकाले सार्वजनिक स्थलको एक सय मिटर वरिपरि चुरोट बेच्न र धुम्रपान गर्न पनि प्रतिवन्ध लगाएको बताए । उनले सार्वजनिक स्‍थलमा धुम्रपान गरेको पाइए एक सय रुपैयाँसम्म जरिवाना गरिने बताए ।

उनले जनस्वास्थ्यमा परेको प्रतिकुल प्रभाव रोक्न,शहरी सौन्दर्यता कायम राख्न र भूमी तथा वातावरणीय असर न्युनीकरण गर्न सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिवन्ध लगाएको बताए ।

काठमाडौं महानगरपालिकाले मंसिर २९ शुक्रबार महानगर दिवस बनाउने भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि