२१ फाल्गुन २०८२, बिहीबार
समाचार समाज

काठमाडौंमा आजदेखि प्लास्टिकको खोल भएका सुर्तीजन्य पदार्थ निषेध

२७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बुधबारदेखि प्लास्टिकमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण निषेध गरेको छ ।

काठमाडौं महानगरपालिका, स्वास्थ्य विभागले १५ दिनअघि नै सूचना जारी गरेर महानगरपालिकाभित्र प्लास्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पान-पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरण पूर्ण रुपमा निषेध गरिएको जानकारी गराएको थियो ।

महानगरले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवनमा समेत पूर्णतया रोक लगाएको छ ।

महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले यसअघि काठमाडौं महानगर भित्र यस्ता वस्तुको बिक्री वितरण भएको पाइएमा महानगर प्रहरीले जफत गर्ने र व्यापारीमाथि अधिकतम कारबाही समेत हुने बताएका थिए ।

काठमाडौं महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि