२० फाल्गुन २०८२, बुधबार
समाचार समाज

अर्थ मन्त्रालयले फेर्‍यो ६ सहसचिवको जिम्मेवारी

२६ मंसिर, काठमाडौं । अर्थ मन्त्रालयले ६ जना सहसचिवहरुको जिम्मेवारी बदलेको छ । मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयमा प्रशासन महाशाखाको जिम्मेवारी महेश आचार्यले पाएका छन् ।

सहसचिव राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रक कार्यालयमा पठाइएको छ । महालेखा शम्भुप्रसाद मरासिनीलाई अर्थ मन्त्रालयले भन्सार जाँचपास परीक्षण कार्यालय, त्रिपुरेश्वरको नेतृत्व गर्न खटाएको छ ।

सहसचिव अमृत लम्साल मध्यमस्तरीय करदाता कार्यालय बबरमहलको प्रमुखका रुपमा सरुवा भएका छन् । पार्वती शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ । अब सहसिचव महेश बरालले कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिमा काम गर्नेछन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि