६ मंसिर २०८२, शनिबार
प्रदेस समाचार मधेश राजनीति

 माओवादीलाई प्रशिक्षण दिन प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा

१९ मंसिर, महोत्तरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी केन्द्रको मधेश प्रदेश प्रशिक्षण  कार्यक्रममा भाग लिन महोत्तरी पुगेका छन् ।

मंगलबार महोत्तरीको गौशालामा आयोजना भएको प्रशिक्षण कार्यक्रममा भाग लिन प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महोत्तरी पुगेका हुन् ।

प्रशिक्षण कार्यक्रममा मधेशको आठवटै जिल्लाबाट १५ सय भन्दा बढी नेताकार्यकर्ताको सहभागीता भएको माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरत प्रसाद साहले जानकारी दिए ।

पार्टीको ‘जनतासंग माओवादी’ तीनमहिने विशेष रुपान्तरण अभियानलगायत पार्टीको आन्तरिक रणनीति लगायतको विषयमा आन्तरिक प्रशिक्षण भइरहेको उनको भनाइ छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।