२० फाल्गुन २०८२, बुधबार
समाचार समाज

नेपालले माग्यो रुस-युक्रेन युद्धमा मारिएका ६ नेपालीको शव

१८ मंसिर, काठमाडौं । नेपालले रुस-युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रुस सरकारसँग अनुरोध गरेको छ ।

सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन अनुरोध गरेको जनाएको छ ।

‘नेपाल सरकारले रुसी सरकारलाई निजहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि हालसम्म चार जना नेपालीको रुसी सेनामा भर्ती भएर मृत्यु भएको सार्वजनिक भएको थियो । तर सोमबार मन्त्रालयले ६ जना नेपालीको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।

मृत्यु हुनेमा गोरखाका सन्दिप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवार राई, पुतलीबजार स्याङजाका प्रितम कार्की, मेलुङ दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेको मन्त्रालयले जनाएको छ ।

नेपालले रुसी सेनामा नेपाली नागरिकलाई भर्ना नलिन रुसलाई आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘…नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुसी सरकारलाई अनुरोध गरिएको छ ।’

साथै, कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरुको सेनामा भर्ना नहुन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरुको राष्ट्रिय सेनामा नेपाली नागरिकहरु भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति नरहेको उल्लेख गरेको छ ।

रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्न कुटनीतिक पहल भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरुलाई रुस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने एनओसी लिएर मात्र यात्रा गर्न सर्बसाधारणलाई मन्त्रालयले अनुरोध गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि