२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

वीर अस्पतालको निमित्त निर्देशकमा श्रवण कुमार थापा

१७ मसिंर , काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पातल) को निर्देशकमा डा. श्रवण कुमार थापाले जिम्मेवारी पाएका छन् ।

न्याम्सका उपकुलपति प्रा.डा भुपेन्द्र बस्नेतका अनुसार अस्पतालका सहायक निर्देशक थापालाई अर्को व्यवस्था नहुनजेल सम्म निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो ।

बस्नेतले दैनिक प्रशासनिक कार्य संचालन गर्ने गरी थापालाई निमित्त निर्देशक जिम्मेवारी दिएको बताए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले तत्कालिन निर्देशक डा. सन्तोष पौडेललाई गत शुक्रबार कुनै आधार विना नै पदीय जिम्मेवारी नहरने गरी मन्त्रालयमा हाजिर हुन भन्दै पत्र पठाएका थिए ।

डा. पौडेल नेकपा एमालेमा क्रियाशील रहेको भन्दै कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी परेको थियो । आयोगले उक्त उजुरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउँदै आवश्यक कारबाही गर्न भनेको थियो । लगत्तै स्वास्थयमन्त्रीले डा. पौडेललाई मन्त्रालय तानेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि