८ पुष २०८२, मंगलवार
अर्थ समाचार समाज

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार

१२ मंसिर, काठमाडौं । सुनको मूल्य मंगलबार थप बढेर अहिलेसम्मकै उच्च भएको छ । सोमबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै बढेको हो ।

सोमबार प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ । यद्यपि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले साढे ६ महिनाअघिको रेकर्ड पनि तोड्न सकेको छैन ।

वैशाख २२ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २०५० डलर हाराहारीमा रहेको सुनको भाउ मंगलबार २०१५ डलर हाराहारीमा छ । नेपालमा चालु आर्थिक वर्षको बजेटमार्फत सुनमा कर बढाइँदा अन्तर्राष्ट्रिय बजारको तुलनामा उच्च दरले बढेर अहिले नयाँ रेकर्ड बनाएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि