२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, काठमाडौँमा सफा

९ मंसिर, काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भेगमा मौसम सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हिमपातको सम्भावना छ ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली हुनुका साथै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिउँ पर्ने विभागले जनाएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव ७ र अधिकतम तापक्रम २३ दशमलव ४ डिग्री सेल्सियस रहने छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि