२१ माघ २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

हमास-इजरायल युद्धविरामको सरकारद्वारा स्वागत, विपिन जोशीको रिहाइको अपिल

७ मंसिर, काठमाडौं । सरकारले पश्चिम एसियाको गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ ।

मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि गरिएको उक्त सहमतिको परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै स्वागत गरेको हो ।

कतार अधिराज्य, संयुक्त राज्य अमेरिका र अरब गणतन्त्र इजिप्टको कूटनीतिक प्रयासमा भएको उक्त सहमतिको नेपालले सराहना गरेको छ ।

यस्तै सरकारले नेपाली नागरिक विपिन जोशीको तत्काल रिहाइका लागि सम्बद्ध पक्षसँग आह्वान समेत गरेको छ ।

बुधबार इजरायल र हमासबीच युद्धविरामको सहमति भएको थियो ।

यसअघि इजरालयी रक्षा बल (आईडीएफ) ले पनि हमासले एक नेपाली र एक थाई नागरिकलाई बन्धक बनाएको भन्दै एउटा भिडियो सार्वजनिक गरेको थियो । गत २० असोज अर्थात, ७ अक्टोबरमा इजरायली भूमिबाट विपिन हमास समूहको कब्जामा परेका थिए ।

इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने ४ जना विद्यार्थी घाइते भएका थिए ।

हेर्नुहोस् परराष्ट्र मन्त्रालयको विज्ञप्ति :

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।