११ श्रावण २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

जापानी विदेशमन्त्री खामीखावा र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच द्विपक्षीय भेटवार्ता

२३ वैशाख, काठमाडौं । जापानकी विदेशमन्त्री खामीखावा योको र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

सिंहदरवारमा आइतबार जापानका विदेशमन्त्री खामिखावा योकोसहितको उच्चस्तरीय प्रतिनिधि मण्डल र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसहितको नेपाली प्रतिनिधि मण्डलबीच आज सिंहदरबारमा द्विपक्षीय भेटवार्ता भएको हो ।

खामीखावाको भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता भए पनि कुनै सन्धी सम्झौतामा हस्ताक्षर नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रका प्रवक्ता अमृतबहादुर राईले भने, ‘विदेशमन्त्री कामीकावाको मैत्रीपूर्ण नेपाल भ्रमण हो ।नेपाल भ्रमणको क्रममा कुनै सम्झौता तथा समझदारी हुँदैन ।’

यो भ्रमणका क्रममा दुई देश बिचको सम्बन्ध, विकास निर्माण, जापानले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको उनले बताए ।

भेटवार्तापछि उनी ३:३० बजे मण्डला बुक प्वाइन्टको अवलोकन गरेकी छिन् । यसअघि उनी वसन्तपुर दरवार स्क्वायर क्षेत्रको अवलोकन गरेकी थिइन् ।

४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उनी होटल सोल्टीमा परराष्ट्र मन्त्री श्रेष्ठले स्वागतमा आयोजना गरेको डीनरमा सहभागी हुनेछिन् । त्यसपछि साँझ ७ बजे उनी राष्ट्रपति रामच्द्र पौडेलसँग भेटघाट गर्ने शीतल निवास पुग्ने कार्यक्रम रहेको छ । कामीकावा राती १० बजे जापान फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्