२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

बीबीसीको विश्वका प्रभावशाली १०० महिलाको सूचीमा रुक्शाना कपाली

५ मंसिर, काठमाडौं । बीबीसीले सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूची सार्वजनिक गरेको छ । जसमा नेपालकी ‘पारलिंगी महिला’ (ट्रान्सजेन्डर वुमन) रुक्शाना कपाली पनि परेकी छिन् ।

ट्रान्सजेन्डर मानवअधिकार कार्यकर्ता रुक्शाना नेपालमा एलजीबीटीक्यू+ समुदायकाे कानुनी तथा संवैधानिक अधिकारको क्षेत्रमा सक्रिय रहेकाले उनलाई प्रभावशाली महिलाको सूचीमा राखेको बीबीसीले स्पष्ट पारेको छ ।

उनको एसएलसीको सर्टिफिकेटमा ‘पुरुष’ लेखिएको थियो । तर आफूले बुझ्ने भएपछि पारलैंगिक महिला हुँ भन्ने महसुस गरेको तर प्रमाणपत्र सच्याउन सास्ती पाएपछि उनी आफू जस्तै अन्यको अधिकारका लागि पनि लड्न थालेकी हुन् ।

उनी अहिले पूर्वाञ्चल विश्वविद्यालयमा रहेर कानुन विषय पढ्दै छिन् । अहिले तेस्रो वर्षकी विद्यार्थी उनले गत वर्ष अनलाइनखबरसँगको कुराकानीमा आफूले भोगेको दुःखले आफूलाई कानुन पढ्न प्रेरणा मिलेको बताएकी थिइन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि