२० फाल्गुन २०८२, बुधबार
समाचार समाज

सिन्धुली कारागारका एक जना थुनुवाको मृत्यु

३० कात्तिक, काठमाडौं । सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ ।

दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान साढे ३ बजे बेहोस अवस्थामा भेटिएको डीएसपी दाहालले बताए ।

बेहोस अवस्थामा भेटिएपछि उनलाई सिन्धुली जिल्ला अस्पतालमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको डीएसपी दाहालको भनाइ छ ।

विमलको मृत्युको कारण खुलेको छैन । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै रिखएको छ । पोष्टमार्टमपछि थप अनुसन्धान हुने डीएसपी दाहालले बताए ।

मृतक विमल सवारी ज्यान मुद्दामा गत असोज १७ गतेदेखि पूर्वपक्षका लागि थुनामा थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि