५ मंसिर २०८२, शुक्रबार
अर्थ मुख्‍य समाचार समाचार समाज

राष्ट्र बैंकबाट ४३ हजार थान सुन–चाँदीका सिक्का बिक्री

२३ कात्तिक, काठमाडौं । पाँच दिनको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएको राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौंको बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागले धनतेरसलाई लक्षित गरी गत आइतबारदेखि सुन-चाँदीका सिक्का बिक्री सुरु गरेको थियो ।

आइतबारदेखि बिहीबारसम्मको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएको टक्सार विभाग प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

राष्ट्र बैंकले सुनका १० ग्राम, ५ ग्राम र २.५ ग्रामका सिक्का (असर्फी) तथा चाँदीका १० ग्राम र २५ ग्रामका सिक्का (मेडालियन) बिक्री गर्दै आएको छ । सुनचाँदीको प्रचलित बजार मूल्यमा निर्माण लागत थप गरी राष्ट्र बैंकले सिक्का बिक्री गर्दै आएको छ ।

धनतेरसमा लक्ष्मीको पूजा गर्दा सुन–चाँदीका सिक्का राखेर पूजा गर्ने चलन छ । त्यसैले राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सुन–चाँदीका सिक्का बिक्री गर्दै आएको छ । राष्ट्र बैंकका कर्मचारीहरुका अनुसार विगतका वर्षहरुमा भन्दा यस वर्ष सुन–चाँदीका सिक्काको माग बढी छ ।

यस वर्षको तिहारको धनतेरस आज परेको छ । यस दिन तिहारको किनमेल गर्नु उपयुक्त मानिन्छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि