२८ माघ २०८२, बुधबार
प्रदेस समाचार मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

कैलालीमा प्रतिनिधि चयनप्रति असन्तुष्टि जनाउँदै एमाले पार्टी कार्यालयमा तालाबन्दी

१६ असोज, धनगढी । प्रतिनिधी चयनप्रती असन्तुष्टि जनाउँदै नेकपा एमाले कैलालीको कार्यालयमा तादाबन्दी गरिएको छ । धनगढी उपमहानगर कमिटिले साेमबार प्रदेश अधिवेशनका लागि सर्वसम्मत रूपले प्रतिनिधि चयन गरेर जिल्ला कमिटिलाई सिफारिस गरेको थियो ।

प्रतिनिधि चयनमा एकलौटी र मनोमानी गरिएका कारण बाध्य भएर तालाबन्दी गरिएको एमाले जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियुका केन्द्रिय सदस्य किशोर शाहले बताए । शाहले पार्टीको विधि, विधान विपरीत हुनेगरी गरिएको प्रतिनिधि छनोट सिफारिस सच्याउनुपर्ने बताए ।

खासगरी भुगोलमा बस्ने नेता तथा कार्यकर्तालाई वाइपास गरि अन्यत्र बसोबास गर्नेलाई प्रतिनिधि बनाइएको उनीहरूको आरोप छ । युवा नेताहरूले पार्टी कार्यालयकाे मूल गेटमै तालाबन्दी गरेपछि नगर, जिल्ला र प्रदेश पार्टी कार्यालयको कामकाज प्रभावित बनेको छ ।

अगामी असोज २१ र २२ गते हुने एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशनका लागि सामबार प्रदेशका ८८ स्थानीय तह र ३२ निर्वाचन क्षेत्रमा प्रतिनिधि चयन गर्ने कार्यसूची थियो तर केही बाहेक अधिकांश ठाउँमा विवाद हुँदा प्रतिनिधि चयनको काम सकिएको छैन ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।