५ पुष २०८२, शनिबार
प्रदेस समाचार मधेश समाज

सिरहामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २५ घाइते

१४ असोज, जनकपुरधाम । सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना यात्रु घाइते भएका छन् ।

आइतबार दिउँसो सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस स्प्रिङ पट्टा भाँचिएर मिर्चैयाको मारुती सिमेन्ट फ्याक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

डिएसपी बस्नेतका अनुसार दुई जना पुरुषको घटनास्थलमै मृत्यु भएको हो । यस्तै बसमा सवार २५ जना यात्रुहरू घाइते भएका छन् ।

घाइते भएका उनीहरूको गोलबजार स्थित हस्पिटलहरुमा उपचार भइरहेको डिएसपी बस्नेतले बताए ।

मृतकको हालसम्म सनाखत हुन सकेको छैन । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व