२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

त्रिविका उपप्राध्यापक चलाउनेमाथि कुटपिटमा संलग्न फरार आरोपी पक्राउ

११ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणमा संलग्न एक फरार आरोपी पक्राउ परेका छन् ।

२० असोज २०७७ मा विश्वविद्यालय परिसरमा भएको कुटपिटमा संलग्न मध्ये सयुस श्रेष्ठलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार, कुटपिटमा संलग्न ५ जना ससअघि नै पक्राउ गरेर धरौटीमा छुटेका थिए ।

जिल्ला अदालत, काठमाडौंको आदेशमा चित्त नबुझेपछि उपप्राध्यापक चलाउने उच्च अदालत गएका थिए । त्यहाँबाट ५ लाख धरौटी र एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश भएको थियो ।

प्रकरणमा थप एक जनाको अझै खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रकरणका सबै आरोपी समेत पक्राउ नपरेका बेला यसका मुख्य आरोपी हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध मुद्दा फिर्ता लिने तयारी सरकारले गरेको थियो । उपप्राध्यापक चलाउने न्याय माग्दै अनशन समेत बसेका थिए ।

आचार्य, रावल लगायत आरोपी नेपाल विद्यार्थी संघसँग आबद्ध छन् । त्यसैले बालकृष्ण खाँण गृहमन्त्री भएका बेला यो प्रस्ताव अघि बढेको थियो । चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।