७ पुष २०८२, सोमबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

सामूहिक बलात्कार आरोपमा स्याङ्जामा दुई जना पक्राउ

३० भदौ, काठमाडौं । स्याङ्जामा सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । ३२ वर्षकी अपांगता भएकी महिलालाई सामूहिक बलात्कारको आरोपमा पुतलीबजार नगरपालिका-८ का २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावलसिंह लामाका अनुसार भदौ २० गते वौद्धिक अपांग भएकी ती महिलालाई आफ्नै घरमा बसिरहेको अवस्थामा सामूहिक बलात्कारमा परेकी थिइन् ।

‘जाहेरीपछि उनीहरुलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको छ’, उनले भने । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार नै जिल्ला अदालत स्याङ्जाबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि