२१ माघ २०८२, बुधबार
समाचार

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

१५ भदौं, काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । छाती दुख्ने समस्या भएपछि शुक्रबार बिहान शाहलाई मण्डिखाटास्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ ।

उपचारमा समलग्न चिकित्सकका अनुसार शाहको अहिले विभिन्न स्वास्थ्य परीक्षण भइरहेको छ ।

‘उहाँ छाती दुख्ने समस्या भएर आउनुभएको थियो । हामीले केही परीक्षण गरेका थियौं । त्यस्तो खासै गम्भीर समस्या केही देखिएको छैन’ ती चिकित्सकले भने, ‘अन्य केही परीक्षण गर्न बाँकी छ । सायद, भोलि उहाँलाई डिस्चार्ज गर्न सकिन्छ ।’

तर, यसअघि पनि शाहलाई मुटुमा समस्या देखिएको २४ घन्टा सुपरिवेक्षणका लागि भर्ना गरिएको उनले बताए ।

‘उँहालाई पहिला मुटुको समस्या भएकाले भर्ना गरेर राख्नुपरेको हो । एक–दुई वटा परीक्षणले सबै नर्मल भन्न नसकिने हुँदा भर्ना गरिएको छ । मुटु समस्याको औषधि खाइराख्नु भएकाले उहाँको अवस्था अहिले स्थिर छ’ ती चिकित्सक भन्छन् ।

पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि