११ श्रावण २०८१, शुक्रबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति

नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गयो : शेखर कोइराला

७ भदौ, जनकपुरधाम । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको बताएका छन् ।

बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले सुन तस्करी, ललिता निवास प्रकरण, नक्कली भूटानी शरणार्थी लगायतका घटनाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको प्रमाण दिने बताए ।

उनले भने, ‘ नेपालमा एकपछि अर्को अपराधको घटना आउन थालेको र अपराधको घटनामा विदेशी नागरिक समेत देखिनुले अन्तर्राष्ट्रिय तस्करहरुको अखडा बन्दै गएको मैले बुझेको छु। अहिले देखिएका घटनाहरुले विश्वस्तरमा नेपालको साख गिर्दै गएको छ।सुन तस्करी, ललिता निवास प्रकरण, नक्कली भूटानी शरणार्थी लगायतका घटनाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको प्रमाण हो।’

उनले अपराध र भ्रष्टाचार रोक्न नेपाली काँग्रेसले राजनीतिक रुपमा अग्रसरता लिएर अघि बढ्नुपर्ने बताए । ‘अब नेपाली कांग्रेसले यी अपराध र भ्रष्टाचार रोक्न राजनीतिक रुपमा अग्रसरता देखाउनुपर्छ।’ उनले भने ।

राजनीतिक रुपमा अग्रसरता लिएर अघि बढ्ने काम काँग्रेस बाहेक अरुले गर्न नसक्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्