१२ श्रावण २०८१, शनिबार
राजनीति

पर्यटनमन्त्री सुदन किराँतीलाई पितृ शोक

६ भदौ, काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ ।

मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको निजी सचिव डाक्टर डिजन भट्टराईले जानकारी दिए ।

उनी लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित थिए ।

उनकी आमाको यसअघि नै निधन भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्