२० माघ २०८२, मंगलवार
समाचार समाज

सन्दीप लामिछानेले पेश गरेको कागजातमाथि अदालतको गम्भीर प्रश्न, फेरि विवरण मगाउन आदेश

३ भदौ, काठमाडौं । बालिका बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेले पेश गरेको कागजातमाथि गम्भीर प्रश्न उठाएको छ । अदालतले बयानका क्रममा सन्दीपले पेश गरेको कागजातको स्रोत यकिन गर्न र त्यहाँबाट फेरि विवरण मगाउन आदेश दिएको हो ।

गत बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासको आदेशमा भनिएको छ— ‘प्रतिवादी (सन्दीप)ले बयानका क्रममा पीडितको जन्म दर्ता किताबको सम्बन्धित पृष्ठको प्रतिलिपि पेश गरी मिसिल सामेल रहेको पाइन्छ, तसर्थ प्रतिवादीले उक्त प्रतिलिपि कुन निकायबाट प्राप्त गरेको हो भन्ने सम्बन्धमा मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को दफा ८९ (१) वमोजिम कागज गराई मिसिल सामेल राख्नू र निजले खुलाएको निकायमा पत्राचार गरी जन्मदर्ता किताबको प्रमाणित प्रतिलिपि झिकाई मिसिल सामेल राख्नु ।’

एक किशोरीलाई बलात्कार गरेको अभियोगमा सन्दीपले १५ कात्तिक २०७९ मा जिल्ला अदालत काठमाडौंमा बयान दिएका थिए । बलात्कारको अभियोग इन्कार गरेका सन्दीपले किशोरी (गौशाला २६) को उमेर १८ वर्ष भन्दा बढी भएको प्रमाणका रुपमा जन्मदर्ताको दर्ता किताब भन्दै एक कागज पेश गरेका थिए ।

पछि अदालतले पनि गौशाला २६ को जन्मदर्ता रहेको वडाबाट कागजात र विवरण मगाएको थियो । पीडितको जन्मदर्ता रहेको वडा कार्यालयले ९ जेठ २०८० मा जिल्ला अदालत काठमाडौंमा पठाएको पत्रमा अनलाइन मार्फत जन्मदर्ता भएकाले अभिलेख नरहेको जवाफ दिएको थियो ।

वडा कार्यालयले जन्मदर्ताको अभिलेख नरहेको भन्ने तर सन्दीपले पीडितको जन्मदर्ताको दर्ता किताबको प्रतिलिपि भनेर कागज पेश गरेपछि अदालतले प्रश्न उठाएको हो ।

सन्दीपले पेश गरेको कागजमा गौशाला २६ को जन्ममिति १८ असार २०६१ छ । तर जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्रका साथमा पेश गरेको जन्मदर्ताको प्रमाण, नागरिकता र शैक्षिक प्रमाणपत्रमा उनको जन्ममिति १८ जेठ २०६२ भनी उल्लेख छ ।

सन्दीपले पेश गरेको कागजले घटना हुँदा पीडितको उमेर १८ वर्ष पुगेको देखाउँछ भने अभियोगपत्रको साथमा सरकारी वकिलले पेश गरेको कागजातले उनी नाबालिका रहेको देखाउँछ ।

सन्दीपले गौशाला २६ को उमेर १८ वर्ष पुगेको प्रमाणको रुपमा अस्पतालमा जन्म हुँदाको दर्ता किताबको पाना पनि पेश गरेका थिए । उक्त पानामा पनि गौशाला २६ को जन्ममिति १८ जेठ २०६१ उल्लेख थियो, तर त्यस कागजमा आमाको नाम मात्रै मिल्छ, थर मिल्दैन, उमेर पनि फरक छ ।

अस्पतालको दर्ता किताबमा पिडितको आमाको उमेर २८ वर्ष उल्लेख छ । सन्दीपले पेश गरेको गौशाला २६ को परिवारको बसाइसराइको कागजमा भने उनको जन्ममिति २०३५ साल उल्लेख छ । जस अनुसार त्यतिबेला उनको उमेर २६ हुनुपर्ने देखिन्छ ।

बिहीबार अदालतले ‘पीडितको उमेर विवरणसँग भिडाई यकिन गर्ने प्रयोजनको लागि’ भन्दै सम्बन्धित वडा कार्यालयबाट पीडितको आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी पनि झिकाउन आदेश गरेको छ ।

‘गोप्यता कायम राख्नु’

जिल्ला अदालतले विचाराधीन यो मुद्दामा समाचार सम्प्रेषण गर्दा विशेष सावधानी अपनाउन पनि आदेश दिएको छ । ‘प्रस्तुत विचाराधीन मुद्दाको सम्वन्धमा समाचार सम्प्रेषण लगायतका काम कारबाहीमा गोपनीयता एवं मुद्दाको कारबाहीमा प्रतिकूल असर नपर्ने गरी सम्बन्धित सरोकारवालाबाट सावधानी अपनाइने छ भन्नेतर्फ इजलास विश्वस्त छ’ आदेशमा भनिएको छ ।

अदालतले यो मुद्दामा अर्को साता पेशी तोक्न पनि आदेश दिएको छ । मुद्दाको पेशी तोक्न पनि आदेश दिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि