६ पुष २०८२, आईतवार
समाचार समाज

मेघ गर्जनसहित पहाडी क्षेत्रमा वर्षा

२ भदौ, काठमाडौं । आज पनि पहाडी भू-भागमा मौसम बदली भई केही ठाउँमा पानी परिरहेको छ ।

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर भन्दा उत्तरतिर र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ । भारतको ओडिसा र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।

गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बांकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो पनि देशभर आँशिकदेखि सामान्य बदली रहनेछ ।

देशको पहाडी भूभागको केही स्थानहरूमा र बाँकी भूगको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने भएकोले सतर्क हुन सरोकारवालाले सचेत गराएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि