१२ श्रावण २०८१, शनिबार
अर्थ मुख्‍य समाचार

नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुग्यो

१ भदौ, काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा वार्षिक १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको जानकारी दिएको हो ।

त्यसै सञ्चित नाफा ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको बताइएको छ । प्राधिकरणको ३८ औँ वार्षिक उत्सवमा बोल्दै प्रवन्ध निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष २०७२÷०७३ सम्म आइपुग्दा वार्षिक घाटा ८ अर्ब ९० करोड रुपैयाँ र सञ्चित नोक्शानी बढेर ३४ अर्ब ६१ करोड रुपैयाँ पुगेको उल्लेख गर्दै आर्थिक वर्ष ०७३÷०७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरी प्राधिकरणले नाफा कमाउन शुरु गरेको बताए ।

उनले भने, ‘आर्थिक वर्ष ०७३÷०७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेर नाफाको गौरवमय इतिहास शुरु गरेको प्राधिकरण त्यसपछिका आर्थिक वर्षहरुमा निरन्तर नाफामा छ । गत आर्थिक वर्षसम्म आइपुग्दा वार्षिक १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरी सञ्चित नाफा ३६ अर्ब ६७ करोड पुगेको छ ।’

उनले प्राधिकरणको शेयर सर्वसाधारणलाई समेत जारी गर्नेगरी प्राधिकरणको तेस्रो चरणको वित्तीय पुनःसंरचना प्रश्ताव स्वीकृतिका लागि सरकार समक्ष पेश गरिएको जानकारी दिनुभयो । उनले प्राधिकरणको प्राथमिक सेयर सर्वसाधारणलाई निष्काशन गरी संकलन गरिएको रकम ठूला जलविद्युत आयोजनाहरुको निर्माणमा लगानी गरिने बताए ।

‘ सर्वसाधारणलाई समेत सेयर जारी गर्नेगरी प्राधिकरणको तेस्रो चरणको वित्तिय पुर्नसंरचना प्रस्ताव स्वीकृतिका लागि सरकार समक्ष पेश गरिएको छ । प्राधिकरणको प्राथमिक सेयर सर्वसाधारणलाई निष्काशन गरी संकलन गरिएको रकम मुख्यरुपमा ठूला जलविद्युत आयोजनाहरुको निर्माणमा लगानी गरिनेछ ।’ उनले भने ।

प्रवन्ध निर्देशक घिसिङले संस्थाभित्र आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासनलाई कडाइका साथ लागू गरिएको बताए । उनले प्रशासन तथा वितरण चुहावट १३.४६ प्रतिशतमा सिमित गरेर प्राधिकरणको इतिहासमा नयाँ रेकर्ड कायम गर्न सफल भएको बताए ।

‘संस्थाभित्रको आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासनलाई कडाइका साथ लागू गरिएको छ । प्रशासन तथा वितरण चुहावट १३.४६ प्रतिशतमा सिमित गरेर प्राधिकरणको इतिहासमा नयाँ रेकर्ड कायम गर्न सफल भएका छौँ । प्राधिकरणको सम्पूर्ण सम्पतिको वास्तविक मूल्यांकन गराइएको छ भने क्रेडिट रेटिङ गर्ने संस्था इक्रा नेपालले प्राधिकरणको समग्र अवस्थाको अध्ययन गरी डबल ए प्लस रेटिङ दिएको छ ।’

उनले हाल ९८ प्रतिशत जनतामा विद्युतको सेवा पुगेको बताए । आगामी दुई वर्षभित्र देशभित्र पूर्ण रुपमा विद्युतीकरण गर्ने गरी आवश्यक कार्य अगाडी बढाइएको उनले जानकारी गराए ।

उनले भने,’प्राधिकरणको केन्द्रिय प्रणालीबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत एवं सौर्य विद्युतबाट करिव ३ प्रतिशत गरी करिब ९८ प्रतिशत जनतामा विद्युत सेवा पुगेको छ । आगामी दुई वर्ष भित्र पूर्ण रुपमा विद्युतिकरण गर्ने सरकारको कार्यक्रमलाई कार्यान्वयन गर्न सम्पूर्ण तयारी पुरा गरी आवश्यक कार्य अगाडी बढाइएको छ । ‘

प्रतिक्रिया दिनुहोस्