१२ श्रावण २०८१, शनिबार
अर्थ

नेपालबाट विदेश पढ्न जानेसँगै विदेशियो १ खर्ब

१ भदौ, काठमाडौं । नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै १ खर्ब रुपैयाँ रकम विदेशिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा पढ्नका लागि विदेश जानेहरुसँगै ६७ अर्ब ७० करोड रुपैयाँ विदेशिएको थियो ।

यस आर्थिक वर्षमा पढ्न जानेहरुले मात्र ३३ अर्ब रुपैयाँ बढी विदेश लगेको नेपाल राष्ट्र बैंकको वार्षिक तथ्यांकमा उल्लेख छ । यस आर्थिक वर्षमा नेपालबाट भ्रमणमा जानेहरुले ४४ अर्ब रुपैयाँ विदेश लगेका छन् । अघिल्लो वर्ष भ्रमणमा जानेहरुले ३० अर्ब रुपैयाँ विदेशमा खर्च गरेका थिए ।

विदेशबाट नेपाल आउने पर्यटकले गर्ने खर्च भने मात्र ६१ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । यो आव अघिल्लो आवमा ३२ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो ।

सेवातर्फ नेपाल आउने भन्दा नेपालबाट बाहिरिने रकम ठूलो हुँदा नेपालको सेवा क्षेत्र ८३ अर्ब ८५ करोड रुपैयाँ घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो घाटा अघिल्लो आवको तुलनामा भने केही घटेको छ ।

प्रतिक्रिया दिनुहोस्