१२ श्रावण २०८१, शनिबार
अर्थ मुख्‍य समाचार

गुणस्तरमा प्रश्न उठेपछि एक वर्षमा १२१ उद्योगविरुद्ध मुद्दा

३२ साउन, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक वर्षको अवधिमा कम गुणस्तरका खाद्य पदार्थ उत्पादन र बिक्री गरेको आरोपमा १२१ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७९÷८० मा देशका विभिन्न स्थानमा रहेका यी उद्योगले कम गुणस्तरको तथा दूषित चामल, चामल, पिठो, चाउचाउ, दही, मदिरा, कुखुराका दानालगायतका पदार्थ उत्पादन गरेको पाइएपछि कारबाही गरिएको विभागका प्रवक्ता मोहनकृष्ण मर्हजनले बताए ।

कारबाहीमा पर्नेमा पिउने पानीका २१, दुध तथा दुग्ध पदार्थका १७, खाद्यान्न तथा दलहन र त्यसबाट बनेका परिकार १६, दाना पदार्थका १५, मसलाका ७, चिया÷कफीका ७ र फलफूल तथा सागपातजन्य ७ वटा उत्पादनमा गुणस्तरको प्रश्न उठाउँदै विभागले मुद्दा दायर गरेको हो । त्यस्तै महका ५ र अन्य खाद्य पर्दाथका २१ गरी कुल १२१ उद्योग विरुद्ध मुद्धा दायर गरेको विभागले जनाएको छ ।

मर्हजनका अनुसार गत वर्ष विभागले देशभरबाट ३ हजार ११३ वटा खाद्य वस्तुको नमुना परीक्षणका लागि संकलन गरेको थियो । जसमा खाद्यान्न र दलहनका ९१०, फलफूल र सागपातजन्य ३५१, तेल, घ्युका ३४९ र मसलाका २८३, पिउने पानीका १५५ नमुनाको विश्लेषण गरेको थियो ।

जसमध्ये खाद्यान्नका ४७, पिउने पानीका ४१, फल तथा सागपातजन्य पदार्थका १३, मसलाका ७ र अन्य विभिन्न उत्पादनका १९८ नमुनाको मापदण्ड जपुगेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्