१२ श्रावण २०८१, शनिबार
राजनीति

सर्वदलीय बैठक बाेलाउने राष्ट्रपतिकाे तयारी

३२ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।

राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउन लागेको राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले जानकारी दिए ।

‘राष्ट्रपति भएपछि बिरामी परेकाले उहाँले सबै दलका नेताहरूसँग एक पटक पनि भेट्न पाउनु भएको छैन,’ थापाले भने, ‘अहिले स्वास्थ्य पनि ठिक भएको र संसद पनि चलिरहेकोले एक पटक भेट्नु पर्छ भनेर तयारी भइरहेको हो ।’

बैठक छिट्टै बोलाइने भए पनि मिति भने तय भइनसकेको थापाले बताए । ‘सरसल्लाह गरेर मिति तय हुन्छ,’ उनले भने, ‘समय त अरु नेताहरूको पनि मिल्नु पर्‍यो नि ।’

प्रतिक्रिया दिनुहोस्