८ पुष २०८२, मंगलवार
मुख्‍य समाचार सूचना प्रविधि

भदौ ३१ गतेदेखि नेपाल ब्लकचेन कन्क्लेभ हुने

३१ साउन, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)ले आगामी भदौ ३१गतेदेखि नेपाल ब्लकचेन कन्क्लेभको आयोजना गर्ने भएको छ ।

ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाहरूबीच वृहत् अन्तर्क्रिया एवं सहकार्य गर्ने उद्धेश्यले अन्तर्राष्ट्रियस्तरको कन्क्लेभ हुन लागेको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

बुधबार क्यान महासंघ र क्लब बी बिजनेस टेक्नोलोजीबीच सम्झौता भएको छ । उक्त सम्झौतामा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी र क्लब बी बिजनेस टेक्नोलोजीका प्रमुख युवराज आचार्यले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि महासचिव अधिकारीले भने, ‘नेपालमा अजै पनि ब्लकचेन प्रविधिबारे धेरैको बुझाइ नै गलत छ। त्यसकारण ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाहरूबीच वृहत् अन्तर्क्रिया गर्नका लागि कन्क्लेभ आयोजना गर्दैछौं।’

यस्तै कन्क्लेभको सह-आयोजक क्लब बी बिजनेस टेक्नोलोजीका बिजनेस टेक्नोलोजी प्रमुख युवराज आचार्यले एकै छानामुनि सरोकारवालाहरू बीच हुने छलफल तथा ज्ञान आदानप्रदानले नेपालमा ब्लकचेन प्रविधि र यसको विस्तारमा सघाउन पुग्ने बताए ।

उनले भने, ‘टेक्नोलोजीका एप्लिकेसनबारे जागरुकता बढाउने, विशेषज्ञहरूबीच ज्ञान आदानप्रदानको अवसर प्रदान गर्ने, चुनौतीहरू र अपनाउनुपर्ने अवसरहरूलाई सम्बोधन गर्ने, विभिन्न क्षेत्रहरूमा ब्लकचेन टेक्नोलोजीको सम्भावनाहरू पत्ता लगाउँछ । ‘

यसैगरी ब्लकचेन क्षेत्रमा काम गरिरहेका कम्पनीहरू, विज्ञहरू, प्रविधि व्यवसायी, शिक्षण संस्था, नीति निर्माता तथा नेपाल सरकारका विभिन्न निकायहरूको सहभागिता हुने क्यान महासंघका अध्यक्ष रञ्जित पोदारको भनाइ छ ।

कार्यक्रमको मुख्य आकर्षणमा की नोट स्पिच, प्यानल डिस्कसन, विज्ञ तथा विशेषज्ञबाट प्रिजेन्टेसनका साथै वित्त, स्वास्थ्य सेवा, सप्लाई चेन म्यानेजमेन्ट, ब्लकचेन टेक्नोलोजीमा शिक्षाविद्को भूमिका, ब्लकचेन टेक्नोलोजीका एप्लिकेसनहरू लगायत विभिन्न शीर्षकमा सेसनहरू सञ्चालन हुनेछन् ।

कन्क्लेभमा सहभागी हुन इच्छुक व्यक्ति तथा संस्थाका लागि आउँदो भदौं ७ देखि अनलाइन दर्ता गराउन सक्ने क्यानले जनाएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार सूचना प्रविधि

प्रविधिको दुरूपयोग : अनलाइन ठगी र यौन दुर्व्यवहार बढ्यो

३० जेठ, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ। अपराध अनुसन्धान
सूचना प्रविधि

टेलिफोन र इन्टरनेटका अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर

३१ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र अहिले अव्यवस्थित टेलिफोन, इन्टरनेट लगायतका तार व्यवस्थापनको काम धमाधम भइरहेको छ। महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक