१९ कार्तिक २०८२, बुधबार
समाचार समाज

मुगुमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

३० साउन, काठमाडौं । मुगुमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. २ रिप गाउँका छन् ।

सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जीप सोमबार अपराह्न मुगुको सोरु गाउँपालिका-७ चिप्लेगाडामा दुर्घटना भएको थियो ।

प्रहरी नायब उपरीक्षक महेश बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. २ का एकै नाम थरका दुई जना राम परियार, प्रकाश बोहोरा र पिउस परियार रहेका छन् ।

दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मुगुको सोरु गाउँपालिका-७ चालक दिनेश लावड, सोरु-५ का गोविन्दा शाही र लोकजङ्ग नेपाली छन् । नेपाली सोरु-५ का वडा सदस्य हुन् ।

यसैगरी सोरु-६ का सेरे रोकाया र हुम्ला सिमीकोट-२ का उदीप बोहोरा पनि घाइते भएका प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि